कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

करेन्ट लागेर एक युवकको मृत्यु

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सरावल गाउँपालिका-३ श्रीनगरका ३० वर्षका प्रदीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराका अनुसार धारामा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहोराले बताए । मृतकको पोष्टमार्टम पछि आफन्तीलाई शव जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×