कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

'एक्लो'मा जेमी बेकनसँगै प्रदीप खड्का

काठमाडौँ — बेलायती अभिनेता जेमी बेकनसँगै अभिनेता प्रदीप खड्काले नेपाली अन्तर्राष्ट्रिय साइफाई जोम्बी थ्रिलर 'एक्लो'मा अभिनय गर्दैछन् । खड्काले पहिलो पटक यही फिल्मबाट अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गर्दैछन् । 

'एक्लो'मा जेमी बेकनसँगै प्रदीप खड्का

फिल्ममा खड्काको प्रमुख भूमिका छ । निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने यो फिल्मको छायांकन नेपालमा पनि हुनेछ । छायांकनका लागि जेमी पनि नेपाल आउनेछन् ।

'एक्टर' र 'पिताम्बर'को छायांकन सकेर प्रदीपले यो फिल्ममा अभिनय गर्नेछन् । 'निर्देशकले खर्चिलो भए पनि जेमीलाई फिल्ममा लिन्छु भन्ने आँट गर्नुभयो । उहाँको आँटलाई साथ दिन पनि फिल्ममा आबद्ध भएँ,'प्रदीप सुनाउँछन्,'उहाँको पछिल्लो फिल्म गोर्खा विनिथ द ब्रेभरी हेरेको थिएँ । नेपालमा उहाँजस्तो क्षमतावान निर्देशक आउनुहुन्छजस्तो लागेर फिल्ममा आबद्ध भएँ, अहिले त्यसको छाटकाँट देखिँदैछ ।'

पोखरामा 'पुजार सार्की'को छायांकनका क्रममै प्रदीपले फिल्म गर्ने सम्झौता गरेका थिए । निर्देशक शाही अहिले आफ्नो पछिल्लो फिल्म 'द लास्ट रिच्युअल' लिएर कान्स फिल्म फेस्टिभलमा छन् । यो फिल्ममा निर्माताका रूपमा पनि बेकन जोडिएका छन् ।

नेपाल र बेलायतको फिल्म क्षेत्रबीचको सम्बन्ध स्थापना गर्न र नेपाललाई फिल्म छायांकन स्थलका रूपमा स्थापित गर्ने आशा यो सहकार्यमा देखिएको छ । बेकनले नेटफ्लिक्सको सिरिज 'ह्वाइट लाइन्स', बीबीसीको 'फादर ब्राउन'लगायत अन्य फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०८१ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x