२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सुनको मूल्य घट्यो

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय रुपैयाँ निर्धारण गरिएको छ । 

सुनको मूल्य घट्यो

यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।


चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ रुपैयाँ छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?