कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' हुँदै

काठमाडौँ — 'नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'ले उद्घाटन र समापनमा देखाइने फिल्मको नाम सार्वजनिक गरेको छ । आयोजकका अनुसार नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' देखाउँदै सुरु हुने महोत्सवको समापन 'द रेड सुटकेस'को प्रदर्शनसँगै हुने जनाइएको छ । 

'नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' हुँदै

फिडेल देवकोटाको निर्देशनमा हालै नेपालमा प्रदर्शनमा भएको 'द रेड सुटकेस' भेनिसमा प्रिमियर भएको थियो । रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्ममा वैदेशिक रोजगारी र यसले दिएको पीडाको कथा देखाउँछ । नेपालमा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको यो फिल्ममा अभिनेता सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठको प्रमुख अभिनय छ ।

त्यस्तै जेठ २५ लाई नेपाल प्रदर्शन तय गरेको 'गाउँ आएको बाटो'मा गाउँमा बाटो आएसँगै माइलाको परिवारमा आउने उतारचढावको कथा समेटिएको छ । अभिनेता दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको प्रमुख अभिनय रहेको यो फिल्म विश्वचर्चित फिल्म फेस्टिभल 'टोरन्टो', 'बुसान'लगायत थुप्रै फेस्टिभलमा देखाइसकेको छ । अमोद राईले निर्माण गरेको यो फिल्म सामुदायिक लगानीको अवधारणामा बनेको छ ।

'नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'ले महोत्सवमा देखाइने फिल्महरुको पूर्ण सूची तयार चाँडै सार्वजनिक गर्ने तयारी थालेको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले बताए । 'फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटकको संस्करणलाई भव्य तुल्याउने हाम्रो तयारी छ,'उनले भने । यो महोत्सवमा असार ६ देखि ९ सम्म आयोजना हुनेछ ।

प्रकाशित : जेष्ठ ८, २०८१ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×