२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'ट्रान्समिसन लाइन बनाउनु भनेको युद्ध जिते बराबर भइसक्यो'

‘वीरगन्ज क्षेत्रमा विद्युत् उत्पादन क्षमता बढाउन आग्रह गर्छु’
कुलमान घिसिङ

२०७३ भदौदेखि असोज/कात्तिकसम्म आन्तरिक ग्राहकको लोडसेडिङको समस्या अन्त्य गरेका थियौं । औद्योगिक क्षेत्रमा केही लोडसेडिङ थियो । त्यसबेला र अहिलेको अवस्थाबारे थोरै तुलना गर्न खोजेको छु । त्यसबेलाको खपत र माग र अहिलेको मागको तुलना गर्दा ४ गुणाले बढेको छ । इनर्जीको खपतको हिसाबले साढे ३ अर्ब युनिट खपत हुँदै आएकामा अहिले करिब १२ अर्ब युनिट खपत हुन्छ । डिमान्ड करिब ४ गुणाले बढेको छ । 

'ट्रान्समिसन लाइन बनाउनु भनेको युद्ध जिते बराबर भइसक्यो'

जेनेरेसन जडित क्षमता करिब ८ सय ५० मेगावाट हाराहारीमा थियो । अहिले ३२ सय मेगावाट पुगेको छ । जेनेरेसन क्षमता पनि ४ गुणाले बढेको छ । त्यो बला सुख्खा सिजनमा इनर्जी २/३ सय मेगावाट मात्रै आउँथ्यो भने अहिले ९ सय वा हजार मेगावट आउँछ ।

तर, पिक सिजनमा बढी गर्न सक्छौं । जुन हिसाबले हाम्रो ट्रान्समिसन वितरण संरचना थियो, त्यो करिब ४ गुणाले बढाएका छौं । वीरगन्जकै कुरा गर्दा, वीरगन्जको उद्योगको क्षमता बढेको छ । यसबीचमा उद्योगको क्षमता दोब्बरले बढेको छ । त्यही हिसाबले यस क्षेत्रमा माग र क्षमता पनि बढेको हो । अहिले वास्तवमा जेनेरेसनको कुरा गर्दा हाइड्रोपावरको जेनेरेसन प्रत्येक वर्ष ८ देखि १ हजार मेगावाटले थपिएको छ । करिब १० हजार मेगावाटको पीपीए गरेको अवस्था छ । ५ हजार मेगावाट प्रोजेक्टहरू बन्ने क्रममा छन् । तत्कालको हाइड्रोपावरमा समय लाग्छ । यसमा दुईवटा कुरा छन् । कम्तीमा पनि ५ वर्ष समय लाग्छ ।

ड्राई सिजनको इनर्जी धेरै नै बढेको छ । त्यो समस्या समाधान गर्न सोलारका लागि २२ सय मेगावाट सोलारमा निजी क्षेत्रलाई खुला गरेका छौं । बिडिङमार्फत खुला गरेका हौं । वीरगन्जमा मात्रै २ सय मेगावाटको बिड खुला गरेका छौं । सबै उद्योगीलाई सहभागी भएर वीरगन्ज क्षेत्रको जेनेरेसन क्षमता बढाउन आग्रह गर्छौं । यसले दुईवटा काम गर्छ । भोल्टेज पनि बढाउँछ । जेनेरेसन क्षमता पनि बढाउँछ । अहिले यहाँ भोल्टेजको समस्या पनि छ । जेनेरेसन बाहिरबाट आउनु पर्छ । वीरगन्ज क्षेत्रमा जेनेरेसन छैन । त्यही कारण भोल्टेज डाउन हुने समस्या थियो ।

ट्रान्समिसन लाइनमा आउँदा ४ सय केभी लाइन इनरुवाबाट ढल्केवार करिब करिब सम्पन्न हुने चरणमा छ । धेरै समस्या थियो, युद्ध जितेजस्तै सम्पन्न गरेका छौं । ट्रान्समिसन लाइन बनाउनु भनेको युद्ध जिते बराबर भइसक्यो । वन र जग्गाको समस्या धेरै छ ।

५/६ महिनाभित्र ढल्केवरदेखि हेटौंडासम्मको ट्रान्समिसन लाइन सम्पन्न गर्दैछौं । ४ सय केभी लाइन पनि सम्पन्न हुन्छ । हेटौंडामा ४ सय केभी सब स्टेसन लाइन सम्पन्न भइसक्यो । ढल्केवर ४ सय केभी, इनरुवामा ४ सय केभीको लाइन सम्पन्न भइसकेको छ । निजगढमा ४ सय केभी सबस्टेसन बनाउँदैछौं ।

निजगढबाट ४ सय केभी सब स्टेसन बनाउँदैछौं । निजगढबाट रमौलीसम्म ४ सय केभी ल्याउँदैछौं । सबैभन्दा ठूलो समस्या सोर्स हो । ठूलो सोर्स आवश्यक भएकाले ४ सय केभी लाइन वीरगन्ज क्षेत्रमा ल्याउँदैछौं ।

२ वर्ष बढी लगाएर नेपाललभर ११ वटा कलस्टरमा औद्योगिक क्षेत्र र सहरी क्षेत्रको डिमान्ड प्रोजेक्सन गरेर मास्टर प्लान बनाइएको छ । त्यसमध्ये वीरगन्ज र हेटौंडा एउटा कल्स्टर पर्छ । यो कलस्टरमा सन् २०५० सम्म ३ हजार बढी माग आउँछ भन्ने अनुमान छ । सोही अनुसार संरचना बनाउँदैछौं । त्यो एउटा मास्टर प्लानअन्तर्गत अहिले तत्कालै सुरुवात गर्न लागेका छौं, केही बन्ने क्रममा छ ।

वीरगन्ज क्षेत्रका लागि मात्रै तत्काल २० अर्बको प्रोजेक्ट गरेका छौं । २० अर्बको ट्रान्समिसन, सबस्टेसन र ड्रिस्ट्रिब्युसनको प्रोजेक्ट गरेका छौं । दीर्घकालीन योजनाअन्तर्गत पनि योजना बनाउँदैछौं । यो सबै काम पूरा गर्न ३ देखि ४ वर्ष लाग्छ ।

लोडसेडिङको कुरा गर्दा अहिले देखिएको समस्या तत्कालका लागि मात्रै हो । यो एक महिना पनि रहँदैन । हाम्रो जेनेरेसन बढ्दै छ । अर्को वर्ष करिब ५/६ सय मेगावाट थप हुँदा ड्राई सिजनमा पनि हुन्छ । सोलार प्लान्ट पनि थप हुँदैछ । एकदेखि २ वर्षभित्र ल्याउने योजना बनाएको छौं । हाम्रो जेनेरेसनले पनि धान्ने अवस्था छ । अहिले आयातको अवस्था असहज छ । भारतमा चुनावका कारण असहज भएको छ । दिउँसो मात्रै आयात गरेका छौं । सुख्खा सिजन छ । राती आयात गर्न नसकेकाले केही समस्या भएको छ । दिउँसो १२ घण्टा विद्युत् दिएका छौं । राती १२ बजेपछि पनि ६ बजेसम्मको समय मिलाउन खोजेका छौं । त्यो हुँदा १८ घण्टासम्म दिन सक्छौं । १ महिनापछि विद्युत् बढी हुन्छ । बढी भएको विद्युत् बढी कसरी खपत गर्ने, कसरी निर्यात गर्ने अवस्था हुन्छ ।

उद्योगीहरूले उद्योग आफ्नो हिसाबले चलाउँछन, त्यसले पनि इन्धन आपूर्ति प्रणालीमा केही असर परेको छ । ४० मेगावाटका आइरन उद्योग एकैछिन ४० पुग्छन्, एकैछिन ५ मेगावाट २ मेगावाटमा झर्छ । आपर्ति र डिमान्डको म्याचिङ मिलाउन पनि केही समस्या भएको छ । त्यसका लागि उद्योगीले सेडुलिङमा सहयोग गर्नुपर्छ । हामी पनि अनुशासनमा बसे प्राधिकरणलाई सहयोग पुग्छ ।

रातिको समयमा उद्योग नचलाउनूस्, लाइटिङ लोडमा बस्नूस् भनेका छौं । तर, लाइट पुग्नेबित्तिकै आफ्नो हिसाबले उद्योग चलाउँछन् । त्यही भएर केही समयका लागि अनुशासनमा बसे हामीलाई पनि आपूर्ति गर्न सजिलो हुन्छ । केही समयका लागि हो । एक हप्तामा पानी परे, हामीलाई फेरि बढी हुन्छ । यसपाली गुणस्तरमा कुनै समस्या छैन । भोल्टेजको समस्या छैन । कुलेखानीलाई २४ सै घण्टा चलाएका छौं । डेढ महिना २४ सै घण्टा चलाए पनि हामीलाई पुग्ने पानी छ । त्यसले गर्दा भोल्टेसमा समस्या छैन ।

-कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हुन् ।

प्रकाशित : चैत्र २८, २०८० १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?