अब सम्पूर्ण ऊर्जा खपतलाई क्रमशः विद्युतीय ऊर्जामा रूपान्तरणको नीति अवलम्बन गर्नुपर्छ । दस वर्षअघि यस्तो परिकल्पना पनि कठिन थियो, तर पछिल्लो एक दशकमा नेपालले जलविद्युत् क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । आयातित जीवाश्म ऊर्जामा आधारित पेट्रोल, डिजेल र ग्यासलाई क्रमशः विद्युतीय ऊर्जाले प्रतिस्थापन गर्नुपर्छ ।