कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

व्यवसायीको समस्या नै राष्ट्रको समस्या : सचिव घिमिरे

काठमाडौँ — अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले व्यवसायीको समस्या भनेकै राष्ट्रको समस्या रहेको बताएका छन् । शिथिल अर्थतन्त्रका कारण उद्योग–व्यवसायीमा आत्मविश्वास घटेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

व्यवसायीको समस्या नै राष्ट्रको समस्या : सचिव घिमिरे

शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगंजको वाणी’ कार्यक्रमको तेस्रो सत्र ‘अर्थतन्त्र उकास्न स्थिर नीति’ मा बोल्दै राजस्व सचिव घिमिरेले भने, ‘के गर्दा उद्योगी–व्यवसायीको आत्मविश्वास बढ्छ ? त्यसलाई छलफल गरेर अघि बढ्नु पर्छ,’

केही समय पहिला ब्याजदरका कारण होला भनिए पनि ब्याजदर घट्दो रुपमा रहँदा समेत आर्थिक गतिविधि बढ्न नसकेको उनले जनाए । ‘सरकार र निजी क्षेत्र बसेर छलफल गरेर समस्याको गहिराइमा पुगौं,’ उनले भने, ‘यो व्यवसायीको मात्र समस्या नभई मुलुककै समस्या हो । यस किसिमको उदारता विचारको साथ अघि बढ्नु जरुरी छ ।’

राजस्व कम हुनु मुख्य समस्या नरहेको समेत उनको भनाइ छ । ‘राजस्व कम हुनु मुख्य समस्या होइन, मुख्य समस्या भनेको अर्थतन्त्र चलायमान नहुनु हो, आर्थिक कारोबार नबढ्नु हो,’ उनले भने, ‘आर्थिक कारोबार बढ्यो भने राजस्व संकलन स्वाभाविक रुपमा बढ्छ । हामी राजस्व बढाउनेभन्दा पनि आर्थिक क्रियाकलापलाई प्रवर्द्धन गर्नुेतर्फ उन्मुख हुनुपर्छ ।’

आर्थिक क्रियाकलापलाई प्रवर्द्धन भएपछि राजस्व स्वत बढ्ने उनको भनाइ छ । कठिनत अवस्थाबाट गुज्रिँदै अहिले वृद्धितिर गइरहेकाले लघुतावस लिएर अघि बढ्नु पर्ने अवस्था नरहेको उनले प्रस्ट्याए ।

प्रकाशित : चैत्र २४, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?