वीरगन्जका उद्योगी व्यवसायीले सरकारको बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । लामो समयदेखि वीरगन्ज उद्योग वाणिज्य संघले माग गर्दै आएको वीरगन्ज देखि पथलैयासम्मको क्षेत्रलाई बारा पर्सा औद्योगिक क्षेत्र घोषणाको विषयलाई बजेटले सम्बोधन गरेपनि नयाँ तथा उत्साहजनक केही नरहेको अधिकांश उद्योगीको प्रतिक्रिया छ ।
सिर्सिया सुक्खा बन्दरगाह ठप्प पार्ने जग्गाधनीको चेतावनीपछि वीरगन्ज महागनरपालिका–२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) बीचको जग्गाको मुआब्जा वितरण गर्न अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
मधेश प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लागत रुपमा मलको कोटा निर्धारण नगर्दा कृषि सामग्री कम्पनीका गोदाममा मल थन्किएको छ भने किसानले पाएका छैनन् । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा मात्रै हाल ६ हजार १ सय ५ टन युरिया र १ हजार ५ सय ४६ टन डीएपी मल मौज्दात छ ।
५ वर्षमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने योजना सम्पन्न नहुँदा वीरगन्ज महानगरपालिका वडा नम्वर २७ स्थित ७ गाउँका करिब १५ हजार बासिन्दालाई आवागमनमा सास्ती भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा सघन मत्स्य पालन प्रविधिबारे भइरहेको अनुसन्धानको प्रारम्भिक नतिजा उत्साहजनक देखिएको छ । कम जमिनमा ठूलो पोखरीमा भन्दा बढी माछा पालेर राम्रो आम्दानी गर्न सकिने (बायोफ्लक) प्रविधिको निर्देशनालयमा गत वर्षदेखि अनुसन्धान जारी छ ।
जिल्लामा यस वर्ष गहुँको उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र पर्साको तथ्यांक अनुसार यस वर्ष अघिल्लो बर्षको तुलनामा झण्डै १५ हजार टन गहुँ उत्पादन घटेको छ । यस वर्ष २६ हजार ६५ हेक्टरमा गहुँ खेती गरिएकोमा प्रति हेक्टर २ दशमलव ७ टनको दरले ७० हजार ३ सय ७५ दशमलव ५ टन गहुँ उत्पादन भएको छ ।
आयात निर्यात व्यापारमा आएको गिरावटसँगै प्रमुख भन्सार कार्यालय वीरगन्जको राजस्व असुलीमा पनि व्यापक कमी आएको छ । सामान्य अवस्थामा देशकै सर्वाधिक राजस्व संकलन गर्ने यो भन्सार कार्यालयले पछिल्ला केही महिनायता लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन गर्न सकिरहेको छ ।
तीन सुत्रीय माग राखी आइतबार बिहानैदेखि हड्तालमा उत्रिएका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी)मा कार्यरत नेपाल इन्टर मोडल यातायात विकास समितिका करार कर्मचारी काममा फर्किएका छन् । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको उपस्थितिमा कर्मचारीसँग भएको पहिलो चरणको छलफलपछि काममा फर्किएका हुन् । उनीहरु आइतबार साँझबाट नै काममा फर्किएका हुन् ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी)मा कार्यरत नेपाल इन्टर मोडल यातायात विकास समितिका करार कर्मचारी हड्तालमा उत्रिएका छन् । कामकाज ठप्प पारेर उनीहरु हड्तालमा उत्रिँदा भारतबाट भित्रिने र नेपालबाट बाहिरिने मालबाहक सवारी साधन ठूलो संख्यामा रोकिएका छन् ।
ठोरी गाउँपालिका–३ का किसान विष्णु घिमिरेलाई अहिले चैते धान रोप्ने चटारो छ । हिउँदे वर्षा नभई रहेको र ठुटे खोलाबाट ल्याएको कुलोमा पानी नआई दिए धान बाली बिग्रेला भन्ने उनलाई पीर छ । ‘चैते धान लगाउने बेला भइसक्यो,’ उनले भने, ‘न त वर्षा भइरहेको छ, न त ठुटे खोलाको कुलोमा पानी आउला भन्ने भर छ ।’