१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दार्चुला प्रदेशसभा- १ मा कांग्रेस र २ मा एमाले अगाडि

मनाेज बडु

दार्चुला — दार्चुलामा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेशसभा क्षेत्र १ मा कांग्रेसका विक्रम सिंह धामीले अग्रता लिएका छन् ।

दार्चुला प्रदेशसभा- १ मा कांग्रेस र २ मा एमाले अगाडि

प्रदेशसभा १ को ब्यास र दुहु गाउँपालिकाको मतगणना भइरहँदा धामीले एमाले उम्मेदवार हरदेव जोशीलाई ७७६ मतान्तरले अग्रता बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धामीले ५ हजार १६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जोशीले ४ हजार ३९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा २ मा एमालेका उम्मेदवार रामदत्त जोशीले नेकपा माओवादी केन्द्रका मानबहादुर धामीलाई ८२२ को मतान्तरले पछाडि पारेका छन् । जोशीले ६ हजार ७३८ मत ल्याउँदा माओवादीका धामीले ५ हजार ९१६ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा हाल अपी हिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना भइरहेको छ ।

प्रकाशित : मंसिर ६, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?