बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हडप्न किर्ते गर्नेविरुद्ध ३ वर्ष लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले अस्वीक...
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्नमध्ये कर्मचारी मात्रै करिब डेढ सय जना रहेको खुलेको छ । तीमध्ये अधिकांश अवकाश पाइसकेका कर्मचारी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब तीन वर्ष लगाएर गरेको अनुसन्धानमा तत्कालीन भोगाधिकारी र भूमाफियाको सेटिङअनुसार जग्गा हडप्न किर्ते कागजात तयार पार्न १ सय ४७ कर्मचारीको संलग्नता पाइएको हो ।
बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी, बिचौलिया र कर्मचारीलाई मात्रै प्रतिवादी बनाएर राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन चलखेल सुरु भएको छ ।
ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र विशेष अदालत उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसँग ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले उनलाई १० लाख धरौटीमा बुधबार नै छाडेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेको अभियोगमा अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मालपोत कार्यालय डिल्लीबजारले बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले आइतबारबाट एक सार्वजनिक सूचना जारी गरी जग्गा सरकारीकरण प्रक्रिया थालेको हो ।
नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । आइतबार सीआईबीले गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । यससँगै सीआईबीलाई आरोपित बनाइएलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूविरुद्ध प्रतिपक्षी कांग्रेसलगायतका दलहरूले संसदमा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीले माग गरेकी छन् ।
प्रतिनिधि सभाको बैठक तीन दिन अवरुद्ध गरेको कांग्रेसले मंगलबारबाट सञ्चालन हुन दिएको छ । उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा संसद् अवरुद्ध गरेको कांग्रेसले अवरोध खुलाएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति तथा संसदीय दलका उपनेता रहेका विजयकुमार गच्छदारविरुद्ध दायर मुद्दाको कानुनी र राजनीतिक रूपमा सामना गर्ने कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको छ ।