ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला

फाल्गुन ३, २०८०

मातृका दाहाल

काठमाडौँ — विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ। २३ दिनपछिको लगातार सुनुवाइपछि बिहिबार फैसला भएको हो । अहिले अदलतले फैसला सुनाइरहेको छ ।

तत्कालीन मालपोत अधिकृत कलाधर देउजासहित दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । फैसला सुनाउने क्रम जारी छ । 

ललिता निवास

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully