२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

ललिता निवास जग्गा हिनामिनाको फैसला बिहीबार हुने, मुद्दा हेर्दाहेर्दैमा

मातृका दाहाल

काठमाडौँ — विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दाको बिहीबार फैसला गर्ने भएको छ ।बुधबारै फैसला सुनाउने तयारी भएपनि प्राविधिक काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

ललिता निवास जग्गा हिनामिनाको फैसला बिहीबार हुने, मुद्दा हेर्दाहेर्दैमा

विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार धनबहादुर कार्कीले बिहीबार फैसला हुने जानकारी दिए । निरन्तर २२ दिने चलेको बहसपछि अब मुद्दाको फैसला हुन लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफका लागि प्रतिवादी बनाई २०७६ माघ २२ गते विशेष अदालतमा अभियोग दायर गरेको थियो । यही जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ ।

२९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो । त्यसमध्ये अधिग्रहण गरिएको जग्गालाई १६ लाख रुपैयाँ भन्दा बढी तिरेको अख्तियारको अभियोगपत्रमा छ ।

प्रकाशित : फाल्गुन २, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?