कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ दोषी ठहर

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदातलतले गुरुङलाई जग्गा हिनामिनाको मतियारको रुपमा दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवाना हुने ठहर गरेको छ ।

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ दोषी ठहर

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई मुख्य अभियुक्त सरह नै दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । गुरुङसहित यो प्रकरणमा भूमाफिया किटान भएका रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गरिएको हो ।उनीहरुले सरकारी जग्गा नक्कली मोही खडा गर्ने र व्यक्तिका नाममा लैजाने योजनाकारका रुपमा भूमिका खेलेको विशेष अदालतको ठहर छ ।

प्रकाशित : फाल्गुन ३, २०८० १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?