ललिता निवास जग्गा प्रकरण : पूर्वउपप्रधानमन्त्री गच्छदार र पूर्वमन्त्री श्रेष्ठले पाए सफाइ

फाल्गुन ३, २०८०

मातृका दाहाल

काठमाडौँ — विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले सफाइ दिएको हो ।

यही मुद्दामा  तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त भने दोषी ठहर भएका छन् । 

यो पनि

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully