ललिता निवास जग्गा प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर

फाल्गुन ३, २०८०

मातृका दाहाल

काठमाडौँ — विशेष अदालतले ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

उनीहरुलाई दुई वर्ष कैद, ८० लाख  जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ । उनीहरुलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो । 

ललिता निवास

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully