समाजवादी मोर्चा

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरूका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री दाहाल

असार ४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(...

प्रतिगामी र पश्चगामीहरूलाई रोक्न समाजवादी मोर्चा बनायौं : चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रतिगामी र पश्चगामीहरूलाई रोक्नका लागि चार दलले समाजवादी मोर्चाको घोषणा गरेको बताएका छन् । उनले नेपालको राजनीतिक इतिहासमा यो नयाँ मोड र नयाँ राजनीतिक सुरूआत भएको दाबी गरे ।

चार दलले गरे समाजवादी मोर्चा घोषणा

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । चार कम्युनिस्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उदेश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

५४ सांसदसहित ४ पार्टीको मोर्चा !

सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

गुमेको शक्ति बटुल्न समाजवादी मोर्चा

पार्टी विभाजन भई अलग भएका पाँच दलले गुमेको शक्ति बटुल्न समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको छ । छरिएर रहेको वाम शक्तिलाई एक ठाउँमा भेला भएर ठूलो शक्ति देखाउन समाजवादी मोर्चा बनाउन लागेका हुन् । माओवादीबाट अलग भएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, एमालेबाट अलग भएको एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मोर्चा घोषणा गर्न लागेका हुन् ।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । बुधबार पार्टीको जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन् ।

छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्छौं : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् । मोर्चा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै उनले छिट्टै मोर्चा घोषणा हुने बताएका हुन् । 

नेकपालाई पुनर्जीवित गर्न समाजवादी मोर्चा बनाउँछौं : दाहाल

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गराउने बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामार्फत पार्टी एकताका लागि प्रयास हुने बताए ।

केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए ।