कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

नेकपालाई पुनर्जीवित गर्न समाजवादी मोर्चा बनाउँछौं : दाहाल

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गराउने बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामार्फत पार्टी एकताका लागि प्रयास हुने बताए ।

नेकपालाई पुनर्जीवित गर्न समाजवादी मोर्चा बनाउँछौं : दाहाल

'सबै समाजवादी मोर्चामा आबद्ध हौं । त्यसबाट सन्देश दिऔं । भविष्य उज्वल छ हामी फेरि एकता सन्देश दिऔं । विचारधात्मक कामलाई अघि बढाऔं,' दाहालले भने, 'छिट्टै समाजवादी मोर्चा घोषणा गरिनेछ । त्यहाँबाट पार्टी एकतको नयाँ ध्रुविकरणतर्फ जानेछौं । नेकपातर्फ फर्किनका लागि सबैलाई अपिल गर्नेछौं । नेकपा एकाध नेताहरुको सनकको कारण दुर्घटना परे पनि लाखौं जनताले अनुमोदन गरेको एकता हो । हामीबाट प्रस्तावित एकता हो । यसमा आग्रह वा पूर्वाग्राहले नहेरौं ।'

उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताएका थिए ।

'नेकपाको एकता लाखौं जनताले अनुमोदन गरेको विषय हो,' दाहालले भने । यस क्रममा उनले २०७४ सालको चुनावमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्राप्त गरेको करिब दुई तिहाईको जनमत विगतमा पनि नभएको र भविष्यमा प्राप्त हुनेमा शंका रहेको बताए ।

प्रकाशित : वैशाख १०, २०८० १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?