कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मोर्चा घोषणा हुनुअगाडि नै केही साथीहरू बडबडाउन थाल्नुभएको छ : यादव

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा घोषणा हुनुपहिल्यै केही शक्तिहरू डराएको बताएका छन् । उनले समाजवादी मोर्चा कसैको विरुद्धमा नभएको तर राजनीतिक परिवर्तनका विरुद्धमा लाग्नेहरूका विरुद्धमा आवश्यक परेमा संघर्ष गर्ने बताए । 

मोर्चा घोषणा हुनुअगाडि नै केही साथीहरू बडबडाउन थाल्नुभएको छ : यादव

समाजवादी मोर्चा घोषणा कार्यक्रममा सोमबार यादवले आफ्नो लक्ष्यमा अगाडि बढ्ने बताए । उनले राजनीतिक विचार मिल्नेहरू मोर्चामा आबद्ध हुँदा कोही तर्सिन जरुरी नरहेको बताए ।

'यो गठबन्धन, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन । हामी परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्न चाहन्छौं । यो कसैको विरुद्धमा लक्षित छैन । त्यसकारण कोही नतर्सिए हुन्छ मोर्चाप्रति,' उनले भने, 'मोर्चादेखि केही साथीहरू घोषणा हुनु अगाडि नै बडबडाउन थाल्नुभएको थियो । मिडियाहरूमा बडबडाएको देख्न, सुन्न पाइयो । त्यस्तो नबडबडाउँदा हुन्छ ।'

परिवर्तनका लागि अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्न समाजवादी मोर्चा तयार रहने यादवको भनाइ थियो । उनले भने, 'हामी देशको, जनताको हितका लागि, मुलुकको अग्रगमन, परिवर्तनकमा लागि सहकार्य, परस्पर सहयोगका आधारमा अगाडि बढ्छौं तर प्रतिगमनकारी शक्तिहरू जसले संघीय लोकतान्त्रिक गणतन्त्र, विगतका आन्दोलनका उपलब्धिको समाप्त पार्ने खेल खेलेका छन्, निश्चित रूपमा तिनको विरुद्धमा यो मोर्चा उभिनेछ, आवश्यक परेमा संघर्ष गर्नेछ ।'

समाजवादी मोर्चालाई आफ्नो लक्ष्यमा अगाडि बढाउन आफू पूर्ण रूपमा लाग्ने बताउँदै अन्य नेताहरूबाट पनि त्यो अपेक्षा रहेको यादवले बताए । माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भएको हो । यो मोर्चामा प्रतिनिधिसभामा ५४ सांसद हुने भएका छन् ।

प्रकाशित : असार ४, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?