कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

प्रतिगामी र पश्चगामीहरूलाई रोक्न समाजवादी मोर्चा बनायौं : चन्द

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रतिगामी र पश्चगामीहरूलाई रोक्नका लागि चार दलले समाजवादी मोर्चाको घोषणा गरेको बताएका छन् । उनले नेपालको राजनीतिक इतिहासमा यो नयाँ मोड र नयाँ राजनीतिक सुरूआत भएको दाबी गरे ।

प्रतिगामी र पश्चगामीहरूलाई रोक्न समाजवादी मोर्चा बनायौं : चन्द

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणासभामा बोल्दै उनले भने, ‘हामी चार राजनीतिक दलमा लामो छलफलपछि सबैको शुभेच्छा र चाहनाअनुरूपको समाजवादी मोर्चा घोषणाको मोडमा आइपुगेका छौँ । मुलुकलाई यो परिस्थितिबाट, यो संकटबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ । कुनै पनि मूल्यमा प्रतिगामी र पश्चगामीहरूलाई फाइदा उठाउन दिनुहुँदैन । यो संकटबाट मुलुकलाई मुक्त गर्नुपर्छ भनेर हामीले इतिहासमा एउटा नयाँ प्रयोग गरेका छौँ ।’

उनले नेपालमा विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्नका लागि समाजवादी मोर्चा बनेको बताए । ‘हामीले भर्खरै सात बुँदे घोषणापत्र र सहमतिपत्रमा हस्ताक्षर गरेका छौँ । यसले पक्कै पनि नयाँ आशाको सञ्चार गर्नेछ,’ उनले भने, ‘यो देशमा पश्चगामीहरूको, प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य छैन । देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । स्वाभिमानीहरूले गर्ने हो ।’

उनले अझै पनि समाजमा व्याप्त असमानताको अन्त्य र अधिकारको सुनिश्चतता हुन नसकिरहेको बताए ।

प्रकाशित : असार ४, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?