कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

समाजवादी मोर्चाको नेतृत्व आलोपालो

काठमाडौँ — सोमबार घोषणा भएको चारदलीय समाजवादी मोर्चाको नेतृत्व शीर्ष नेताले आलोपालो गर्ने भएका छन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

समाजवादी मोर्चाको नेतृत्व आलोपालो

मोर्चाले सार्वजनिक गरेको सहमतिपत्रमा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने निर्णयप्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने उल्लेख छ । सहमतिपत्रमा भनिएको छ, 'मोर्चाको नेतृत्व शट्ठर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने छ । यस मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने छन्।'

त्यस्तै मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एउटा सचिवालय बनाइने पनि दलहरूले जनाएका छन् । सचिवालयमा प्रत्येक दलहरूले प्रतिनिधि पठाइने पनि सहमतिपत्रमा उल्लेख छ । त्यस्तै यस मोर्चामा अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समावेश गरिँदै लैजाने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद छन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

प्रकाशित : असार ४, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?