बुढीगंगामा एमाले उम्मेदवारको अग्रता

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको प्रारम्भिक मतगणनामा एमाले उम्मेदवारले अग्रता लिएका छन् । एक हजार मतगणना हुँदा नगरप्रमुख पदमा एमाले उम्मेदवार रामबहादुर बानियाँले ५२० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ४२७ मत पाएका छन् ।

वैशाख ३० गते स्थगित भई बिहीबार सम्पन्न मतदानको शुक्रबार दिउँसोदेखि गणना सुरु भएको हो । १० वटा वडा रहेको नगरपालिकामा सुरुमा वडा नम्बर १ र १० नम्बरको गणना भइरहेको छ ।
एक हजार १०९ मत खसेको १० नम्बरमा ६ सय गणना हुँदा एमाले उम्मेदवारले ३३५ र कांग्रेस उम्मेदवारले २४८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ८३१ मत खसेको वडा नम्बर १ मा ४०० मतगणना हुँदा एमाले उम्मेदवारले १८५ र कांग्रेस उम्मेदवारले १९५ मत प्राप्त गरेका छन् । गणना भइरहेका दुवै वडामा वडाध्यक्ष पदमा पनि एमाले उम्मेदवारकै अग्रता छ । १३ हजार ६५९ मत कुल मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ खसेको छ ।
प्रकाशित : असार २४, २०७९ २०:५६