कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगंगामा एमाले उम्मेदवारको अग्रता कायमै

अर्जुन शाह

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा ३ हजार ४४० मत गणना हुँदा नगरप्रमुख पदका एमाले उम्मेदवार रामबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । उनले २ हजार ४५ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार रंगबहादुर खातीले एक हजार १८८ मत पाएका छन् । पुन: भएको मतदानमा कूल ९ हजार १२८ खसेको छ ।

बुढीगंगामा एमाले उम्मेदवारको अग्रता कायमै

यस्तै उपप्रमखु पदमा पनि एमालेकै उम्मेदवार अगाडी छन् । एमाले उम्मेदवार माया कुँवर एक हजार ९९१ मत पाएकी छिन् भने कांग्रेस उम्मेदवार रिता शाहले एक हजार २२२ मत ल्याएकी छिन् ।

१० वटा वडा रहेको बुढीगंगामा हालसम्म १, ९ र १० नम्बर वडामा वडाध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । २ नम्बर वडामा गणना चलिरहेको छ ।

प्रकाशित : असार २५, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?