विवादका कारण रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ । त्रियुगा नगरपालिका – १२ जनप्रेमी आधारभूत विद्यालय मतादान केन्द्रको मतदान प्रक्रिया सकिनै लाग्दा वैशाख ३० गते विवाद भएको थियो ।
त्रियुगा नगरपालिकाको मतगणना मंगलबार बिहान साढे १० बजेबाट सुरु हुने भएको छ । जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादका कारण मतगणना रोकिएको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ को मतदान विवादसम्बन्धी मुद्दा लम्बिने भएको छ । प्रदेश एककी सांसद सुनिता चौधरीसहितका स्थानीयले पुन: मतदान गरिपाउँ भनी दायर गरेको रिटमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको हो ।
सार्वजनिक भइरहेको स्थानीय निर्वाचनको मत परिणामअनुसार कटारी नगरपालिका ५ मा खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी बदर भएको पाइएको छ । आइतबार सार्वजनिक अन्तिम मत परिणामअनुसार वडामा खसेको ३ हजार १ सय ७ मत गणना हुँदा २ हजार १ सय ९४ मत बदर भएको पाइएको हो ।
उदयपुरको कटारी नगरपालिका–८ को अध्यक्षमा २३ वर्षीय नविनकुमार तामाङ निर्वाचित भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तामाङ कांग्रेस माओवादी(सत्ता गठनबन्धन)का तर्फबाट माओवादीबाट उम्मेदवार बनेका कमलबहादुर श्रेष्ठलाई हराउँदै विजयी हासिल गरेका हुन् ।
चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कालु लामा र उपमेयरमा एमालेकै मणिकादेवी दुलाल निर्वाचित भएका छन् । लामाले कांग्रेसका खग्रेन्द्र राईलाई ८ सय ५१ मतान्तरले पराजित गरेका हुन् । उनले ८ हजार ८ सय ६३ मत पाए भने कांग्रेसका राइले ८ हजार १२ मत पाए । राई चौदण्डीगढीका निवर्तमान प्रमुख हुन् ।