कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तह निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भयो : लोसपा 

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएको छ । लोसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ हुन नसकेको आरोप लगाएको हो । 

स्थानीय तह निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भयो : लोसपा 

लोसपाले आगामी दिनमा निर्वाचनमा हुनसक्ने धाँधली र अलोकतान्त्रिक गतिविधिप्रति सजग हुनुपर्ने भन्दै सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गराएका छन् ।

'स्थानीय तह निर्वाचनमा नेपाल सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरूमा सत्ता गठबन्धनका घटक दलहरूले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको स्पष्ट छ,' लोसपाको विज्ञप्तिमा भनिएको छ, 'अतः भविष्यको निर्वाचनको समयमा हुनसक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्तिको दुरुपयोगविरुद्ध आम मतदाता, लोसपा पार्टीपंक्ति, विशेष गरी निर्वाचन आयोग र सुरक्षा निकायहरू थप सचेत र सजग रहन पार्टी सम्बद्ध सबैसँग आग्रह गर्दछ ।'

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा लोसपाले १६ स्थानीय तहका प्रमुख/अध्यक्ष जितेको थियो ।


प्रकाशित : जेष्ठ १७, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?