स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ४९ प्रतिशतसम्म युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन अयोगका अनुसार आइतबार साँझसम्म ७ सय १४ पालिकामा ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिकामा प्रमुख, उपप्रमुख र चार वडाध्यक्षसहित ९ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बर्दिबासमा १२ जना प्रमुखसहित ३ सय १० जना उम्मेदवार थिए । उनीहरुमध्ये स्वतन्त्रबाट प्रमुखमा प्रह्लादकुमार क्षेत्री र सुभाषचन्द्र झाले उम्मेदवारी दिएका थिए । क्षेत्रीले १४ हजार २ सय १० मत ल्याएर माओवादी केन्द्रका राजु खड्कालाई हराएका हुन् । खड्काले ८ हजार ३ सय २३ मतमात्रै ल्याएका छन् । एमाले तेस्रो स्थानमा छ ।
स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुक्रबार सुरु हुँदै छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।
मतगणना कछुवा गतिमा सीमित भएपछि निर्वाचन आयोगमाथि प्रश्नको बाढी लागेको छ, ‘कहिले सकिन्छ गणना ? यो गतिले महिना लाग्छ कि वर्ष ? के गर्दै छ निर्वाचन आयोग ?’
निर्वाचन भएको तेस्रो दिनसम्म पनि देशभर ५५ पालिकाको मात्रै अन्तिम परिणाम आएको छ । ७ सय २३ पालिकाका सबै वडामा निर्वाचन भएर मतगणना सुरु भए पनि ३० पालिकाको ८५ केन्द्रमा पुनः मतदान गर्नुपर्नेछ । करिब ६ सय ६८ स्थानीय तहको गणना पट्यारलाग्दो भए पनि निर्वाचन आयोगले जनशक्ति र मतगणना स्थल पर्याप्त थपेको छैन ।
स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मध्यराति उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये १ करोड १८ लाख ५६ हजारले मतदान गरेका छन् ।
संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।
मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि छान्न शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ । मतदानका लगि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् ।