रोल्पाका १० वटा तहका ७२ वटामध्ये २ वटा वडामा मात्रै महिलाको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएका छन् । तीन ठूला दलमध्ये माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका दुई महिला निर्वाच...
मधेसकेन्द्रित राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमै कमजोर देखिएका छन् । मधेस प्रदेशका १ सय ३६ मध्ये जनता समाजवादी पार्टी (जसपा) ले २५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ पालिकामा मात्र नेतृत्व जितेका छन् । सबैभन्दा बढी पालिका कांग्रेसले ४६ वटा र त्यसपछि एमालेले ३० वटा जितेका छन् ।
राजनीतिक नियुक्तिको जागिर खाँदाखाँदै तीन वर्ष पहिले जनता समाजवादी पार्टीको विराटनगर कमिटी अध्यक्ष बनेका थिए, अमरेन्द्र यादव । यो स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साथ पाए र विराटनगर महानगरपालिकाको उम्मेदवार बने । तर, उनले ठूलो मतान्तरले हार बेहोर्नुपरेको छ । उनको हारलाई धेरैले बाबु एवं जसपा अध्यक्ष उपेन्द्र यादवको खुम्चिँदो राजनीतिका रूपमा अर्थ्याएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।
महानगर विराटनगरको मेयर पदका लागि जिल्लादेखि केन्द्रसम्म आकांक्षीहरुको तँछाडमछाड चलेको थियो । ठूलो रस्साकस्सीका बीच सबैलाई उछिन्दै मोरङका कांग्रेस उपसभापति ४९ वर्षीय नागेश कोइरालाले बाजी मारे । तरुण दलको पूर्वजिल्ला सभापति उनी मोरङ कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै उपसभापतिसम्म भएका हुन् ।
र्यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनले देशका ६ महानगरको प्रमुख भागबन्डा गर्दा पोखरा नेकपा (एकीकृत समाजवादी)को भागमा पर्यो । पोखराका कांग्रेस नेता, कार्यकर्ताले असन्तुष्टि पोखे । नेकपा (एस)को संगठन नै बनिनसकेको भन्दै ‘मानोमा मुरी खन्याउँदा पोखिन सक्ने’ बताएका थिए ।
स्थानीय तहको निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । स्थानीय सरकारको नेतृत्वमा महिलाको संख्या पहिलेभन्दा बढेको हो । अघिल्लो निर्वाचनमा १८ पालिकाको प्रमुख/अध्यक्षमा महिला थिए ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । पहिलो चरणमा करिब ८ सय लाभग्राहीको खातामा १ अर्ब ७० करोड निकासा गरिएको आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले बताए ।
आयात नभई नहुनेदेखि स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने वस्तुको आयात बढ्दा व्यापार घाटा चुलिँदै गएको छ । चामल, मकै, तरकारी, दुग्धजन्य पदार्थ, माछामासुलगायत कृषिजन्य वस्तुमा समेत परनिर्भरता हुँदा मासिक व्यापार घाटा औसतमा १ खर्ब ४३ अर्ब पुगेको छ ।
राजनीतिक दलको वर्चस्व रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को जितले हलचल मच्चाएको छ । यसले परम्परागत राजनीति गर्दै आएका दलहरूको सोच र शैलीमाथि प्रहार गरेको छ ।
देशको कर्मचारी शक्तिशाली सरकारी३० हजारको तलब, ३० वटा घरबारीबीच बजारको सडक २० वटा खाल्डो पारीखल्ती भारी, बैंक मारी, सात तहको अधिकारीकसले तिर्ने सात समुद्रपारि देशको सात उधारी
स्थानीय तहको निर्वाचनमा ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार अनुमोदित भएका छन् । दलका उम्मेदवारलाई पराजित गरेर १३ जनाले त पालिका प्रमुखको नेतृत्व लिएका छन् ।
सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।
एकातिर उम्मेदवार बन्ने आकांक्षीको लर्को, अर्कोतिर जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने दबाब । ०७४ को स्थानीय तह निर्वाचनताका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारको खोजीमा थिए । त्यही बेला देउवालाई ललितपुर कांग्रेसले नाम दियो– चिरीबाबु महर्जन ।
एक वर्षअघि धरानको खानेपानीसम्बन्धी ज्ञापनपत्र लिएर जाँदा सामाजिक अभियन्ता हर्कराज साम्पाङ राईलाई नगरपालिकाको जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन‚ मंगलबार त्यही प्रवेशद्वार उनकै स्वागतका लागि सजाइएको थियो ।
मंगलबार बाराको १६ वटै पालिकाको मतगणना टुंगो लागेको छ । वैशाख ३० देखि सुरु भएको गणना १० औं दिनमा टुंगो लागेको हो । २०७४ को चुनावमा जिल्लामा चौथो दल रहेका एमाले यस वर्ष पहिलो भएका हुन् । त्यस वर्ष पहिलो रहेको नेपाली कांग्रेस यस वर्ष दोस्रो भएको हो ।