त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

जेष्ठ १६, २०७९

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिकाको मयेरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन् । सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उपमेयरमा भने एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । बहुमतसहित निर्वाचित बस्नेतले एमाले उम्मेदवार भागवत राउतभन्दा २ हजार ८३ बढी मत ल्याए । 

बस्नेतले १३ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । राउतले ११ हजार ८ सय ७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तेस्रो स्थानमा रहेका नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरेका छन । उनी निर्वातमान मेयर हुन् । अहिले निर्वाचित मेयर बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा चौधरीसँग ६३ मतले हारेका थिए । 

उपमेयरमा विजयी महेश्वरीले १३ हजार ७ सय ३ मत प्राप्त गरिन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९ सय ८१ मत मात्रै प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८  मत प्राप्त गरेकी छन् । 

१६ वडा रहेको त्रियुगा नगरपालिकामा बहुमत सदस्यसहित  ९  वडामा कांग्रेस, ४ एमाले र ३ माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्  । त्रियुगा नगरपालिकामा ६० हजार मतदाता रहेकोमा ४० हजार १ सय २० मत खसेको थियो ।

स्थानीय तह निर्वाचन २०७९

डिल्लीराम

Link copied successfully