स्थानीय तह बजेट २०८०-८१

त्रियुगा नगरपालिकाले १ अर्ब ४७ करोड ३४ लाखको बजेट ल्यायो 

असार १०, २०८०

उदयपुरका ८ स्थानीय तहले आज बजेट ल्याएका छन् । ४ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्ला सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबर...

धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट 

धनगढी उपमहानगरपालिकाले २०८०/८१ को लागि १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेट उपप्रमुख नन्दकला रानाले नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरिन् । उपप्रमुख रानाद्वारा प्रस्तुत अनुमानित बजेटमा कुल खर्च चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार छुट्टाइएको छ । पुँजीगत तर्फ ७५ करोड ६३ लाख २७ हजार खर्च हुने अनुमान गरिएको छ । 

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १४ औं नगरसभामा आइतबार उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ७३ करोड ८४ लाखको बजेट

तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न पालिकाको दोस्रो नगरसभा तथा तेस्रो अधिवेशनबाट उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।

करारमा कर्मचारी राख्‍न काठमाडौं महानगरको ३० करोड बजेट

काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी भर्ना गर्नका लागि ३० करोड रूपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनिक गर्दै उपप्रुमख सुनिता डंगोलले क्षेत्रगत विषयको जनशक्तिको अभावलाई परिपूर्ति गर्नका लागि ३० करोड रूपैयाँ विनियोजन गरिएको बताइन् ।