कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

वीरेन्द्रनगरले ल्यायो ३ अर्ब २ करोड ६१ लाखको बजेट

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १३ औं नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट पेस गरेका हुन् ।

वीरेन्द्रनगरले ल्यायो ३ अर्ब २ करोड ६१ लाखको बजेट

नगरपालिकाको कुल बजेटमा ४० करोड ४३ लाख ९ हजार आन्तरिक आय हुने अनुमान गरिएको छ । यस्तै नगरपालिकाले संघीय वित्तीय समानीकरणको अनुदान २२ करोड ८९ लाख, संघीय ससर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, संघीय राजस्व बाडँफाँडमा १७ करोड ९६ लाख ३१ हजार, संघीय सरकार विशेष अनुदानको पुँजीगततर्फ १ करोड, संघीय सरकारबाट समपुरक अनुदानमा ५५ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट २ करोड ९३ लाख २६ हजार, प्रदेशबाट ससर्त अनुदानबापत ३१ करोड २९ लाख ९० हजार, संघीय सरकारबाट समपुरक अनुदानमा १ करोड, प्रदेश राजस्व बाडँफाँडबाट ३० लाख ३३ हजार ९ सय ६७ रुपैयाँ आय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : असार १०, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?