कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

फिदिम नगरपालिकाद्वारा ९६ करोड ९५ लाखको बजेट घोषणा   

लक्ष्मी गौतम

पाँचथर — बाढी र पहिरोको प्रतिरोध गरिरहेको पाँचथरका आठ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति र कार्यक्रमसँगै बजेट पेश गरेका छन् । जिल्लाका ८ मध्ये ६ वटा स्थानीय तहमा आइतबार नीति र कार्यक्रमसँगै बजेट पेश भएको हो ।

फिदिम नगरपालिकाद्वारा ९६ करोड ९५ लाखको बजेट घोषणा   

जिल्लाको फाल्गुनन्द गाउँपालिकाले असार ६ र मिक्लाजुङले ८ गते नै बजेटसँगै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । जिल्लाको एउटा मात्रै नगरपालिका फिदिमले ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाँ बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख राधाकृष्ण न्यौपानेले बजेटसँगै नीति र कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा एक वडा एक उत्पादन र विद्यार्थीका लागि पढ्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस्तै कृषि पशुपालन र सुशासनसँगै पर्यटन र पूर्वाधार विकासमा पनि नगरपालिकाले बजेट विनियोजन गरेको छ । जिल्लाको याङवरकले विद्यार्थीका लागि पढ्दै कमाउँदै भन्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । अधिकांश स्थानीय तहले केन्द्र र प्रदेशबाट आउने वित्तीय समानीकरण र राजश्व बाँडफाँट शिर्षकको रकम घटेका कारण पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।

प्रकाशित : असार १०, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?