१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

विदुर नगरपालिकाले ल्यायो १ अर्ब १२ करोड २३ लाखको बजेट

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को बजेट, नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । आइतबार नगरसभाको १३औं अधिवेशनमा उपप्रमुख प्रभा बोगटीले आव ०८०/८१ को लागि १ अर्ब १२ करोड २३ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । विदुरले पर्यटन, शिक्षा स्वास्थ्य, ऐतिहासिक सम्पदा, पूर्वाधार, खेलकुद, ऐतिहासिक स्मारक, सुरक्षाका लागि सीसीटीभीलगायत बजेटमा प्राथमिकता दिइएको छ । 

विदुर नगरपालिकाले ल्यायो १ अर्ब १२ करोड २३ लाखको बजेट

पर्यटकीय क्षेत्रको रुपमा विदुर नगरपालिका र विद्युत् प्राधिकरण्को संयुक्त साझेदारीमा विदुर जल विहार तथा पर्यटकीय पार्क निर्माण गर्ने भएको छ । नगरभित्र एसईई दिएर बसेकालाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न बजेट विनियोजन गरिएको उपप्रमुख बोगटीले बताइन् । उनले नगरको अर्थ विधेयक २०८०, विनियोजन विधेयक २०८० प्रस्तुत गरेकी थिइन् ।

'हेलो मेयर कार्यक्रम'

त्यसैगरी विदुर नगर प्रमुख राजन श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन तथा संस्थागन विकासका लागि नगरको कार्य सम्पादनको गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि 'हेलो मेयर कार्यक्रम' सचालन गरिने बताए । उनले नीति तथा कार्यक्रममा घरनिर्माण सम्पन्नपत्र लिFदा प्राविधिक प्रतिवेदनसहित दुई वटा बिरुवा अनिवार्य रोपको हुनु पर्ने व्यवस्था गरिएको छ ।

'स्वच्छ सफा, हरियाली सहर, हाम्रो विदुर हेर्ने सबैको रहर' भन्ने नाराका साथ वातावरणीय क्षेत्रलाई जोड दिइएको छ । त्यसैगरी 'विदुर नगरको समृद्धिमा जुटौं, कर तिर्नबाट कोही नछुटौं' भन्ने नाराका साथ कर संकलन अभियान वर्ष घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरलाई प्रविधिमैत्री बनाउँदै पेपरलेस गराउने नगर प्रमुख श्रेष्ठले बताए ।

उद्योग सहकारीअन्तर्गत घरेलु उत्पादित मदिरा तथा पेयपदार्थ उद्योगलाई व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : असार १०, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?