कृष्ण थापा

गेर्खुटार खोलाले डाइभर्सन बगाएर सास्ती

चीनको केरुङबाट विद्युतीय सामग्री लिएर काठमाडौं हिँडेका ट्रक चालक विदुरनगरपालिका २ का कृष्ण रावल बेत्रावतीमा रोकिए । उनको शुक्रबार राति काठमाडौं पुग्ने योजना थियो तर भारी वर्षाका कारण पासाङ ल्हामु मार्गको गेर्खुखोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि उनी बेत्रावतीमा बास बस्नुपर्‍यो ।

नुवाकोटको नदीमा दोहन जारी

नुवाकोटमा नदी दोहन गरी बालुका झिक्ने कार्य जारी छ । लिखु ५, बेलकोटगढी ७ र महादेवफाँट १० लगायतका स्थानमा रहेको नदीमा बढी दोहन भइरहेको छ । ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा लामाले कोल्पुखोला प्रहरीले बालुवा झिक्नेलाई सघाइरहेको बताइन् ।

पासाङ ल्हामु मार्गको ढुंगे–बेत्रावती सडक फेरि अवरुद्ध

भारी वर्षाका कारण पासाङ ल्हामु मार्गको गेर्खुखोलामा आएको बाढीले अस्थायी डाइर्भसन बगाएपछि सडक फेरि अवरुद्ध भएको छ । 

चिनियाँ नाका जोड्ने गेर्खुटार-बेत्रावती सडक अवरुद्ध

अविरल वर्षाका कारण ढुंगेबजार–बेत्रावती सडक खण्ड गेर्खुटारमा सडक अवरोध भएको छ । बुधबार राती परेको पानीले तिरतिरे भीर र गुहृय खोल्सामा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गेर्खुखोलामा अस्थायी कर्ल्भट निर्माण कार्यले पनि आवातजावतमा समस्या भएको छ ।

पहिरोले गेर्खुटार–बेत्रावती सडक अवरुद्ध

भारी वर्षाका कारण पासाङ ल्हामु मार्गको त्रिशूली नजिक रहेको ढुंगेबजार–बेत्रावती सडक खण्डमा पर्ने तिरतिरे भीर, गेर्खुखोला र गुह्य खोल्सामा सडक अवरुद्ध भएको छ । 

कृष्ण थापाका लेखहरु :

अवैध बालुवा उत्खनन् : खाडलमा पर्दै छन् श्रमिक

नुवाकोट र धादिङका त्रिशूली, कोल्पुखोला, गल्छी, बैरेनी, चिरौंदी, बेल्खु, जहरेखेत, बन्सेटार, पोखरे, गलौंदीलगायत नदी/खोलामा बालुवा झिक्ने क्रम तीव्र भएको छ । बालुवा झिक्न बनाइएका ठूल्ठूला खाल्डामा डुबेर बर्सेनि थुप्रैको ज्यान गइरहेको छ । खोला किनारमा राखिएका क्रसर उद्योगहरु नवीकरण नभए पनि खुलेआम सञ्चालन भइरहेका छन् ।

बालुवा झिकेको खाल्डोमा मृत्यु भएकाको शव परिवारले बुझे, २५/२५ लाख राहत दिने सहमति

ककनी गाउँपालिका १ ओखरपौवामा बालुवा झिकेको खाल्डोमा परी मृत्यु भएका परिवारलाई २५/२५ लाख राहत दिइने सहमति भएको छ । 

बालुवा झिकेको खाल्डोमा दुईजनाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त

ककनी गाउँपालिका–१ ओखरपौवामा बालुवा झिकेको खाल्डोमा परेर दुई जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ । ककनी गाउँपालिका–१ ओखरपौवाकी १३ वर्षीया विनिता बलामी पौडी खेल्ने क्रममा डुबेकी थिइन् । उनलाई बचाउने क्रममा अर्की महिला समेत डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयालले जानकारी दिए । 

अज्ञात समूहद्वारा ककनी गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा बम प्रहार

ककनी गाउँपालिका वडा नम्बर १ कागतीगाउँमा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । प्रहरीका अनुसार ४/५ जनाको समूहमा आएका व्यक्तिले कार्यालयमा आएर पेट्रोल बम प्रहार गरेका थिए । 

जुनी फेर्दै साततले दरबार

भूकम्प गएको ४ वर्षपछि पुरातात्त्विक सम्पदा साततले दरबारको पुनर्निर्माण सुरु गर्न जस्ता पाताले छोपिएको छ । दरबारको चारैतिरबाट फलामे डन्डी कँसेर जस्ताले दरबार छाइएको हो ।