कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

करारमा कर्मचारी राख्‍न काठमाडौं महानगरको ३० करोड बजेट

काठमाडौँ — काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी भर्ना गर्नका लागि ३० करोड रूपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनिक गर्दै उपप्रुमख सुनिता डंगोलले क्षेत्रगत विषयको जनशक्तिको अभावलाई परिपूर्ति गर्नका लागि ३० करोड रूपैयाँ विनियोजन गरिएको बताइन् ।

करारमा कर्मचारी राख्‍न काठमाडौं महानगरको ३० करोड बजेट

महानगरले आगामी आर्थिक वर्षका लागि ३ सय जना कुचिकार, ५१ जना कार्यालय सहयोगी, ३३२ जना चौकीदार, २६९ जना स्वास्थ्यकर्मी र १५१ जना नगर प्रहरी जवान करार सेवा मार्फत सम्झौता गर्ने तयारी गरेको हो । त्यसका लागि उक्त रकम विनियोजन गरिएको हो ।

यस्तै महानगरमा कार्यरत कर्मचारीहरुका लागि गोल्डेन ह्यान्डसेक (सुनौलो अवकाश योजना)का लागि कानुन तर्जुमा गर्ने तयारी गरिएको छ । त्यसका लागि महानगरले १० करोड रुपैयाँ विनियोजन गरेको छ । युवा जनशक्तिलाई श्रम बैंक स्वर्णिम योजनामा आबद्ध गराएर सीप तथा क्षमता विकासका लागि १० करोड विनियोजन गरिएको छ ।

प्रकाशित : असार १०, २०८० १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?