कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ७३ करोड ८४ लाखको बजेट

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न पालिकाको दोस्रो नगरसभा तथा तेस्रो अधिवेशनबाट उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।

तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ७३ करोड ८४ लाखको बजेट

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपैयाँ विनियोजन गरिएको छ । तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो ।

तिलोत्तमाले आगामी वर्षका लागि भवन, सहरी विकास र पूर्वाधारमा सबैभन्दा धेरै १ अर्ब ९५ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई थप सुधारसहित निरन्तरता दिँदै सो क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको चौधरीले बताइन् ।

यस्तै नगरभित्र शिक्षा क्षेत्रको समग्र विकासका लागि ४८ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ । यसले नगरको समग्र शिक्षा प्रणालीमा सुधार गर्ने, शिक्षा क्षेत्रको समग्र विकास तथा व्यवस्थापनका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच कृषि, पशुपालन र सिँचातर्फ ३ करोड २३ लाख ५१ हजार बजेट विनियोजन भएको छ भने युवा, खेलकुद तथा मनोरन्जनका लागि ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट छुट्याइएको छ ।

प्रकाशित : असार १०, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?