कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

बुटवल उपमहानगरको बजेट २ अर्ब ३६ करोड ४५ लाख

रूपन्देहीका आधा दर्जन स्थानी तहको बजेट सार्वजनिक
घनश्याम गौतम

रूपन्देही — रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आव २०८०/०८१ का लागि २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगर सभाको १३ औं नगर अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिFदै आइतवार बजेट पेस गरेकी हुन् । उपमहानगरले चालु वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको थियो ।

बुटवल उपमहानगरको बजेट २ अर्ब ३६ करोड ४५ लाख

प्रस्ताव गरिएको बजेटमा संघीय सरकारबाट समानीकरण ३० करोड १७ लाख, ससर्त अनुदान ४७ करोड ९२ लाख, समपुरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड तथा प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३१ लाख, ससर्त अनुदान २ करोड ९ लाख, समपुरक अनुदान २ करोड प्राप्त हुने उल्लेख गरिएको छ ।

राजस्व बाँडफाँडबाट ३१ करोड ८५ लाख, आन्तरिक आय ९१ करोड र चालु आवको बाँकी २६ करोड ३८ लाख हुने अनुमान गरिएको छ ।

बुटवल उपमहानगरले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरवासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने बजेटमा उल्लेख छ । त्यस्तै कर प्रशासनलाई चुस्त बनाउन र कर असुलीका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गरेर अघि बढ्ने पनि बजेटमा उल्लेख छ ।

तिलोत्तमाको झण्डै पौने ३ अर्ब बजेट

तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । पेस भएको बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो । तिलोत्तमाले आगामी वर्षका लागि भवन, सहरी विकास र पूर्वाधारका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाईका लागि ३ करोड २३ लाख ५१ हजार, युवा, खेलकुद तथा मनोरन्जनका लागि ७३ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट विनियोजन गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको झण्डै ८३ करोड बजेट

लुम्बिनी साँस्कृतिक नगरपालिकाको ११ औं नगरसभाले आगामी वर्षका लागि ८२ करोड ९९ लाख ५० हजार रुपैँयाँको बजेट सार्वजनिक गरेको छ । संघको समानीकरण अनुदानतर्फ १७ करोड ३१ लाख, ससर्त अनुदानतर्फ ३४ करोड ३२ लाख, राजस्व बाँडफाँडतर्फ १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदानतर्फ १ करोड ३० लाख अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड ३१ लाख, ससर्त अनुदान १ करोड ११ लाख ५० हजार, राजस्व बाँडफाँडतर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ । आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख विनियोजन भएको छ । त्यस्तै चालु वर्षको ३ करोड, सडक बोर्डतर्फ ४० लाख बचत हुने अनुमान नगरपालिकाले गरेको छ । बजेटमा पूर्वाधार, पर्यटन, शिक्षा, कृषिलाई प्राथमिकतामा राखिएको छ ।

ओमसतियाको बजेट ४७ करोड

रूपन्देहीको ओमसतिया गाउँसभाको १३ औं अधिवेशनले ४७ करोड ६६ लाख ९६ हजार रुपैयाँको बजेट पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले राजस्वबाट १४ करोड ८ लाख ७५ हजार, आन्तरिक स्रोतबाट ३ करोड ५० लाख, जिससबाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाँडबाट १० करोड ४४ लाख ७५ हजार, संघीय सरकारको वित्तीय हस्तान्तरणबापत २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबापत २ करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौज्दात २ करोड गरि ४७ करोड बढीको बजेट पेस गरेकी हुन् । ओमसतियाले ‘विदेश छोडौं, विजनेश गरौं’ भन्ने अभियान अघि सारेको छ ।

त्यस्तै योजनाबद्ध सहरीकरण तथा बस्ती विकासलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको हो ।

प्रकाशित : असार १०, २०८० १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?