कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिसस सल्यानको प्रमुखमा कांग्रेस रावत विजयी 

विप्लव महर्जन

सल्यान — जिल्ला समन्वय समिति सल्यानको निर्वाचनमा गठबन्धनको पुरै प्यानल विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वीका एमालेका उम्मेदवारलाई झन्डै १० मत पछि पार्दै गठबन्धन विजयी भएको हो । सल्यानमा जिसस निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र समाजवादीले गठबन्धन गरेका थिए ।

जिसस सल्यानको प्रमुखमा कांग्रेस रावत विजयी 

एमाले एक्लै प्रतिस्पर्धामा थियो । गठबन्धनअन्तर्गत प्रमुखमा कांग्रेसका नेता बेलाराम रावत निर्वाचित भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रका असबिर बुढाथोकी निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

कार्यालका अनुसार प्रमुख पदका उम्मेदवार रावतले निकटतम प्रतिद्वन्द्व एमालेकी नेता नारायणी खत्री १० मतले पछि पार्दै विजयी भइन् । आइतबार सम्पन्न निर्वाचनमा प्रमुख पदमा कांग्रेसका रावतले १५ मत ल्याएका थिए भने एमालेकी नेता खत्रीले ५ मत ल्याएकी थिइन् ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका असबिर बुढाथोकी एमालेका नेता बेलबहादुर चन्दलाई ९ मतले पछि पार्दै विजयी बने । बुढाथोकीले १४ र चन्दले ५ मत ल्याएका थिए ।

सदस्यमा गठबन्धनकै चेतबहादुर गिरी, बालकृष्ण भण्डारी, हरिलाल खत्री, महिला सदस्यमा बिन्दु पुन, विमलाकुमारी खत्री, हिराकुमारी चन्द र दलित तथा अल्पसंख्यक सदस्यमा जमुना बिक विजयी भएकी मुख्य निर्वाचन अधिकृत कलप्रसाद पाण्डले जानकारी गराए । २० मतदाता रहेकामा कांग्रेस ८, माओवादी केन्द्र ६, एमाले ५ र समाजवादीको १ मतदाता थिए ।


प्रकाशित : जेष्ठ २९, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?