एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै सार्वजनिक गर्ने भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/see-2772022112335-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको बोर्डका एक सदस्यले जानकारी दिए । बैठकले मोरङलगायत विभिन्न जिल्लाबाट परीक्षामा सहभागी नक्कली परीक्षार्थीको नतिजा रद्ध गर्ने निर्णयसमेत गरेको छ ।
सोमबारको बैठकमा परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा तयारीको वि षयमा बोर्डका पदाधिकारीहरुलाई ब्रिफिङ गरेका थिए । उनले यहि साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताउँदै आएका छन् । ‘अब बुधबार (असार २० गते) का लागि बैठक डाकिएको छ, सकभर बिहीबार नभएर शुक्रबारसम्म नतिजा सार्वजनिक हुन सक्ने सम्भावना छ,’ ती सदस्यले कान्तिपुरसित भने ।
विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या आए नतिजा प्रकाशनको काम १/२ दिन पछाडि सर्न सक्ने जोखिम सधैं रहने कर्मचारीहरू बताउँछन् । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका-२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।
यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।
दुई विषयसम्म ननग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । उनीहरूको नतिजासहित ग्रेडसिट ईकान्तिपुरको रिजल्ट्स डट इकान्तिपुर डट कममा समेत हेर्न सक्ने व्यवस्था गरिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)