कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहोरो पदक जितेका उज्ज्वल सम्मानित

काठमाडौँ — ब्राइट फ्युचर स्कुलले मेक्सिको सम्पन्न आईएसएफ वर्ल्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका उज्ज्वल वाग्लेलाई सोमबार सम्मान गरेको छ ।

दोहोरो पदक जितेका उज्ज्वल सम्मानित

प्रतियोगितामा अफिसियल र खुला गरी छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण र खुलामा रजत जितेको स्कुलले जनाएको छ । जुन १८ देखि २६ सम्म भएको प्रतियोगितामा उज्ज्वलले यू–१८ उमेर समूहको ग्यारोगीतर्फ ७३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । ब्राइट फ्युचरमा कक्षा १० मा अध्ययरत उज्ज्वलको यो नै अन्तर्राष्ट्रिय ‘डेब्यु’ प्रतियोगिता हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, अध्यक्ष मोहन कार्की, चन्द्रागिरि नगरपालिका ४ का अध्यक्ष घनश्याम लुइँटेल, पूर्वराष्ट्रिय फुटबल खेलाडी रमेश बुढाथोकीलगायतले उज्ज्वललाई सम्मान प्रदान गरेका थिए ।

प्रकाशित : असार १८, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?