कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीको भोक्राहामा मुस्लिम धार्मिक शिक्षातर्फ उच्च माध्यमिक तहको कक्षा सञ्चालन

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मुस्लिम धार्मिक शिक्षातर्फ उच्च माध्यमिक तहको कक्षा सञ्चालनमा ल्याइएको छ । मुस्लिम समुदायको बाहूल्यता रहेको भोक्राहा–४ स्थित जामिआ इस्लामियाले नेपाल सरकारबाट इजाजत प्राप्त गरी मुस्लिम धार्मिक शिक्षातर्फको उच्च माध्यमिक तहको पठनपाठन सुरु गरेको हो । 

सुनसरीको भोक्राहामा मुस्लिम धार्मिक शिक्षातर्फ उच्च माध्यमिक तहको कक्षा सञ्चालन

गाउँपालिकाको सहयोगमा उच्च शिक्षाको बन्दोबस्ती मिलाइएको गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिए ।

धार्मिक शिक्षाअन्तर्गतको कक्षा सञ्चालनमा सरकारले तोकेका तीनवटा पाठ्यक्रम अनिवार्य रहने र बाँकी पाठ्यक्रम भने मुस्लिम धर्मअनुसारको हुने जामिआ स्लामियाका सचिव अम्जत हुसेनले बताए ।

प्रकाशित : असार १८, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?