हलेसी तुवाचुङमा डढेलोले ६ घर जल्यो
खोटाङ — डढेलोबाट सल्किएको आगोले ६ घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित सल्लेपोखरी पाखा सामुदायिक वनबाट सल्किएको आगोले स्थानीय मदनकुमार थापा, खगेन्द्र विश्वकर्मा, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा, झनबहादुर थापा र भेषबहादुर रानाको घर जलेर नष्ट भएको हो ।