२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ,  हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौँ — एउटा कार्यक्रमका लागि रामेछाप जाँदै गर्दा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गरेका बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् ।

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ,  हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

रामेछाप २(१) का सांसद युवराज चौलागाईंले स्थानीय चिकित्सकलाई उद्धृत गर्दै मुख्यमन्त्री जम्कट्टेलको 'प्रेसर लो' र शरीरमा अक्सिजन लेभल कम देखिएको बताएका छन् ।

सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।

प्रकाशित : वैशाख २५, २०८१ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?