कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

टोस्टमास्टरको 'डिस्ट्रिक ४१' मा नेपालकी मुन प्रधान निर्वाचित

काठमाडौँ — नेपाल र उत्तरी भारतलाई समेट्ने टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को डिस्ट्रिक्ट डाइरेक्टरमा नेपालीकी मुन प्रधान निर्वाचित भएकी छिन् । टोस्ट मास्टर इन्टरनेसनलका अनुसार नेपालबाट उक्त पदको नेतृत्व गर्ने उनी पहिलो महिला बनेकी छिन् ।

टोस्टमास्टरको 'डिस्ट्रिक ४१' मा नेपालकी मुन प्रधान निर्वाचित

भारतको नयाँ दिल्लीमा शनिबार सम्पन्न जिल्ला सम्मेलनमा यस क्षेत्रका सदस्यहरूको सहभागितामा मुन प्रधानलाई उक्त पदमा नियुक्त गरिएको हो । उनले आगामी एक वर्षसम्म जिल्ला ४१ को नेतृत्व गर्नेछिन् ।

सम्मेलनमा वक्तृत्वप्रतियोगिता आयोजना गरिएको थियो जसमा अन्तर्राष्ट्रिय वक्तृत्व प्रतियोगिताको शीर्ष तीन स्थानमा नेपाली प्रतियोगीहरूले विजयी भएका थिए । प्रतियोगितामा विजयी भएका साहिल बराल पब्लिक स्पिकिङको वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने सम्भावना बोकेर क्षेत्रीय प्रतियोगितातर्फ अघि बढिरहेका छन् । फस्ट रनरअप दिपेश चालिसे र सेकेन्ड रनरअप वैशाली प्रधान भइन् ।

‘टोस्टमास्टरको डिस्ट्रिक्ट ४१ ले उत्तर भारत र नेपालका केही भागहरू समेट्छ’ निर्वाचित भएलगत्तै मुनले भनिन्, ‘यस क्षेत्रको निर्देशकका रुपमा निर्वाचित हुन पाउँदा खुसी लागेको छ ।’

वाक्‌कलाको विकास गर्नका लागि स्थापना गरिएको अन्तराष्ट्रिय क्लब टोस्टमास्टरको १४८ देशहरूमा ४२ हजारभन्दा बढी क्लाब र २ लाख ७० हजारभन्दा बढी मानिसहरु सदस्य छन् ।

टोस्ट मास्टर प्रधान अन्तर्राष्ट्रिय विकास संस्थाको ज्ञान व्यवस्थापन र सञ्चार विशेषज्ञ पनि हुन् । उनी यस परियोजनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण र करिअर आउन्सिलिङ शाखाको नेतृत्व गर्छिन् । उनी लामो समयदेखि महिला र बालबालिकाको अधिकारका लागि काम गर्दै आएकी छन् ।



प्रकाशित : जेष्ठ ६, २०८१ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×