कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

आश गुरुङ

लमजुङ — लमजुङको दोर्दी गाउँपालिकामा पर्ने किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवकको मृत्यु भएको छ ।

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

दोर्दी गाउँपालिकाले खोलामा करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाए पनि लुकिछिपी खोलामा करेन्ट लगाएर माछा मार्न पुगेका उनी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर चिप्लिन पुग्दा दोर्दी गाउँपालिका ४ जितौरेका २६ वर्षिय विकास गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार विकास शनिबार राती ९ बजेतिर गाउँकै बोलचाल राम्रोसँग गर्न नसक्ने २८ वर्षीय पञ्चराम गुरुङलाई साथ लिएर किसेदी खोलामा माछा मार्न गएका थिए । किसेदी खोला नजिकै स्थानीय बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडेर खोलामा माछा मार्ने क्रममा करेन्ट लागेको बुझिएको डीएसपी घलेले बताए ।

प्रकाशित : जेष्ठ ६, २०८१ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x