कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

साढे ४५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो ।

साढे ४५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

पछिल्ला केही दिनयता उच्च दरले बढ्न नसकिरहेको नेप्से आईतबार करिब साढे ४५ अंकले बढेको हो । यद्यपी कारोबार समयको अन्तिमतिर नेप्सेको कारोबार प्रणाली (वेवसाईट)मा समस्या आएकाले लगानीकर्ताले कारोबारको सम्पूर्ण विवरण सजिलै हेर्न पाएका छैनन् ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । जसअनुसार आइतबार करिब ५ अर्ब २५ करोड रुपैयाा बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।



प्रकाशित : जेष्ठ ६, २०८१ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×