कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

बर्का अट्‌वारी पर्वमा लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

भाद्र २३, २०८१
बर्का अट्‌वारी पर्वमा लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

देउखुरी, दाङ — लुम्बिनी प्रदेश सरकाले थारू समुदायको बर्का अट्‌वारी पर्वका अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्‌वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्‍वारी राखिएको मान्यता छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बर्का अट्‌वारी एक विशेष धार्मिक र सांस्कृतिक पर्व भएको बताए । बर्का अट्‍वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।

‘थारू समुदायमा बर्का अट्‍वारी पर्वको निकै महत्व रहेको छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्‍वारी राखिएको मान्यता छ,’ शुभकामना सन्देशमा भनिएको छ,‘आइतबारलाई रविबार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्‌वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।’

लुम्बिनी प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने सबै जाति, समुदायले मनाउने आ–आफ्नै मौलिक, धार्मिक, सांस्कृतिक परम्पराहरूको संरक्षण, संवर्द्धन र प्रवर्धनका लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताए ।

प्रकाशित : भाद्र २३, २०८१ ०७:१५
×