कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

राष्ट्रिय सभा बैठक सोमबारसम्म स्थगित

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।

राष्ट्रिय सभा बैठक सोमबारसम्म स्थगित

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

राष्ट्रिय सभाको बैठक आइतबार १:१५ बजे बस्नेगरी तोकिएको थियो । उक्त बैठक बस्न नसकेपछि ३:१५ बजे बस्ने गरी निर्धारण सारिएको थियो । सो बैठक पनि बस्न नसक्ने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।


प्रकाशित : जेष्ठ ६, २०८१ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x