२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

बीवाईडी गाडी किन्दा ग्लाेबल आईएमई बैंकबाट सहजै कर्जा पाइने

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंकका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

बीवाईडी गाडी किन्दा ग्लाेबल आईएमई बैंकबाट सहजै कर्जा पाइने

समझदारीअनुसार बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् नियमानुसार बैकले उचित ठहर्‍याएका ग्राहकलाई ३ कार्यदिनभित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

मुलुकभर बैंककाे ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

प्रकाशित : जेष्ठ ६, २०८१ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x