कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

'डोको क्यारी रन'को उपाधि कार्कीलाई 

आनन्द गौतम

ताप्लेजुड — सदरमुकाम फुङलिङमा आयोजित 'डोको क्यारी रन' प्रतियोगिताको उपाधि फुङलिङ-९ हाङदेवाका छत्र कार्कीले जितेका छन् । 

'डोको क्यारी रन'को उपाधि कार्कीलाई 

ताप्लेजुङ पर्यटन महोत्सव-२०८१ को अवसरमा आयोजित प्रतियोगितामा एक घण्टा १५ मिनेटमा निर्धारित दूरी पार गरी कार्कीले उपाधि जितेका हुन् । उनले ३० हजार नगद जिते ।

फुङलिङबाट सुकेटार विमानस्थल छेउको पाथीभरा मन्दिर परिक्रमा गरी फर्काइएको थियो । यो दूरी १६ किलोमिटर भएको आयोजकले जनाएको छ ।

फिदिम नगरपालिका १४ पाँचथरका विशाल राई दोस्रो र मिक्वाखोला गाउँपालिका ३ ताप्लेजुङका मिङ्मा शेर्पा तेस्रो भए । राईले १ घण्टा १९ सेकेन्डमा निर्धारित दूरी पार गरे भने मिङ्माले १ घण्टा २० सेकेन्डमा दूरी पार गरे । उनीहरुलाई १५ किलो बालुवाको भारी डोकोमा बोकाएर कुदाइएको थियो । द्वितीय र तृतीयले २० र १० हजार रुपैयाँ पुरस्कार पाए । 'स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङका पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नाराका साथ महोत्सव भइरहेको छ ।

प्रतियोगितामा १८ जना सहभागी थिए । ताप्लेजुङमा विगत तीन वर्षदेखि यो प्रतियोगिता सञ्चालित छ ।


प्रकाशित : जेष्ठ ६, २०८१ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×