२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

युक्रेनकी एआई परराष्ट्र प्रवक्ता 

एजेन्सी

काठमाडौँ — रुससँग जारी युद्ध लगायत विविध विषयमा सञ्चार माध्यम र अन्यलाई छिनछिनको अपडेट दिनेगरी युक्रनको पराराष्ट्र मन्त्रालयले हालै मात्र भर्चुअल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवक्ता नियुक्त गरेको छ । कन्सुलर प्रतिनिधिका रूपमा भिक्टोरिया शी नामक एआई युवतीले मन्त्रालयका सम्पूर्ण वक्तव्यहरू पढ्ने र कन्सुर सेवासम्बन्धी जानकारी दिने उल्लेख गरिएको छ । 

युक्रेनकी एआई परराष्ट्र प्रवक्ता 

द गार्डियनसँगको कुराकानीमा युक्रेनी परराष्ट्र मन्त्री डिमित्रो कुलेबाले समय र स्रोत बचत गर्न एआई प्रवक्ता राखिएको बताएका छन् । उनका अनुसार भिक्टोरियाले परराष्ट्रका अधिकारीहरूले लेखेका, तथ्य जाँच र आधिकारिता पुष्टि गरिएका सामग्री पढ्नेछिन् । ‘यो विश्वमा कुनै पनि कुटनीतिक सेवाले हालसम्म नगरेको प्रविधिको फड्को हो,’ मन्त्री कुलेबाले भनेका छन्, ‘यसले कुटनीतिक क्षेत्रमा समय र स्रोत बचत गर्न मद्दत गर्नेछ ।’

द किभ पोस्टका अनुसार चर्चित युक्रेनी गायिका रोसली नम्ब्रको हुबहु हुलियामा भिक्योटिरयालाई निर्माण गरिएको छ । द्वन्द्वग्रस्त डोनेत्सक शहरमा जन्मिएकी रोसेलीले आफ्नो सरकारको परियोजनालाई साथ दिन र सहभागी हुन स्वीकृति दिएपछि उनकै अनुहारलाई प्रोटोटाइपका रूपमा विकास गरिएको थियो ।

रोसेलीले अनुहार एउटै भए पनि भिक्टोरिया र आफू ‘दुई फरक व्यक्तीत्व’ भएको प्रतिकृया दिएकी छन् । परराष्ट्र मन्त्रालयको पोस्टमा लामो कालो कोटमा उपस्थित भिक्टोरियाले हात र अनुहारको हाउभावसहित आफू डिजिटल व्यक्ती भएको परिचय दिएकी छन् ।

प्रकाशित : वैशाख २५, २०८१ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?