कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अख्तियारको कर्मचारी भन्दै 'बार्गेनिङ' गर्ने व्यक्ति पक्राउ

विनय आजाद

सिरहा — अख्तियार दुरुपयोग अनुसन्धान, आयोगको कर्मचारी भन्दै सिरहाका विद्यालयहरूमा 'बार्गेनिङ' गर्ने एक जना पक्राउ परेका परेका छन् ।

अख्तियारको कर्मचारी भन्दै 'बार्गेनिङ' गर्ने व्यक्ति पक्राउ

अख्तियारको कर्मचारी भन्दै विद्यालयमा गएर कागजपत्र माग्ने, बार्गेनिङ गर्ने एकजनालाई सिरहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-४ का वर्ष ४० का रामधनी यादव छन् ।

गोलबजार नगरपालिका-३ स्थित आधारधुत विद्यालय जरुवाबाट उनलाई आज बिहान ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डीएसपी मुक्तिनाथ सापकोटाले जनाए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवले जिल्लाको लहान, सिरहा, गोलबजार, मिर्चैया, सुखीपुरलगायतका क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा जाने, कक्षा कोठामा बस्ने, कागजात माग्ने र बार्गेनिङ गर्ने गरेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८१ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×